राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले यही फागुन १६ गतेभित्र राजपरिवारका सदस्यहरू सडकमा उत्रने तयारीमा रहेको दाबी गरेका छन्।
Advertisement
प्रसाईंले सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका हुन्। उनले भनेका छन्, ‘राजपरिवारका सदस्यहरु स्वयं अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु भएको जानकारी गराउँदै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फाल्गुन १६ गतेभित्र काठमाडौंमा उपस्थित भइ राष्ट्रलाइ युक्रेन हुन बाट जोगाउन हार्दिक आह्वान गर्दछौं।
राष्ट्र,धर्म र नागरिकको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो। सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन विनम्र अनुरोध छ।’
