आदिकवि भानु माध्यमिक विद्यालयले कक्षा ११ तथा प्राविधिक शिक्षातर्फ नयाँ भर्ना खुला गरेको छ । विद्यालयले प्लस टु तहअन्तर्गत म्यानेजमेन्ट संकायमा अकाउन्ट, म्याथ, कम्प्युटर तथा होटल म्यानेजमेन्ट विषय अध्ययन गराइने जनाएको छ । त्यसैगरी एजुकेसन संकायमा आईसीटी, मेजर म्याथ, इङ्ग्लिस तथा हेल्थ विषय सञ्चालनमा रहेका छन् ।
विद्यालयका अनुसार तीनवर्षे सिभिल इन्जिनियरिङ कार्यक्रमका लागि समेत भर्ना खुला गरिएको छ । दक्ष शिक्षक–शिक्षिकाद्वारा गुणस्तरीय पठनपाठन, यातायात सुविधा तथा उत्कृष्ट शैक्षिक वातावरण विद्यालयका प्रमुख विशेषता रहेका छन् । विद्यालयले चितवन जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्दै भरतपुर महानगरभित्र सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने दोस्रो सामुदायिक विद्यालयको परिचय बनाएको जनाएको छ ।
नर्सरी कक्षादेखि नै इङ्ग्लिस मिडियममार्फत अध्ययन–अध्यापन गराइने विद्यालयमा व्यवस्थित आईसीटी तथा प्रविधियुक्त कक्षाकोठा, स्मार्ट बोर्ड र प्रोजेक्टरमार्फत आधुनिक शिक्षण प्रणाली अपनाइएको छ ।
थप जानकारीका लागि पोखरा बसपार्क, नारायणगढस्थित विद्यालयमा सम्पर्क गर्न सकिनेछ । सम्पर्क नम्बर : ०५६–५२७९६२, ९८५५०१६१०५
