१९ औँ गणतन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले भरतपुरको चौबिसकोठीमा आधा घण्टा प्रदर्शन कार्यक्रम आयोजना गरेको छ ।
Advertisement
“शान्ति, मानव अधिकार र लोकतन्त्रको संरक्षण गरौँ” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा सहभागीहरूले गणतन्त्र स्थापनाका लागि भएका संघर्ष र बलिदानको स्मरण गरेका थिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले सुशासन, सामाजिक न्याय, मानव अधिकारको सम्मान तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका थिए । कार्यक्रममा विभिन्न नारासहित प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
मानव अधिकार तथा शान्ति समाजका पदाधिकारी, अधिकारकर्मी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको उक्त कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
#PRD083015
