चितवन । होटल व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष तथा होटल जमघटका सञ्चालक लोकनाथ भट्ट (कृष्ण)ले दशैं तिहारका अबसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले नेपालीहरूको महान् पर्व बडादशैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
होटल जमघटका सञ्चालक भट्टले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा, एकता र सहिष्णुतालाई थप सुदृढ बनाउने यी पर्वहरूले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस् भन्ने कामना गर्नुभएको छ।
उहाँले चाडपर्वले परिवार तथा आफन्तबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै समाजमा प्रेम, सद्भाव र सहयोगको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
विविध जातजाति, भाषा, संस्कृति र परम्पराले भरिपूर्ण नेपाली समाजमा यस्ता पर्वहरूले राष्ट्रिय एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउने उहाँको धारणा छ।
त्यसैगरी, चाडपर्वलाई आपसी सम्मान, मेलमिलाप र सकारात्मक सोचका साथ मनाउँदै मौलिक संस्कृति तथा परम्पराको संरक्षण गर्न पनि उहाँले सबैमा आग्रह गर्नुभएको छ।
लोकनाथ भट्ट (कृष्ण)ले यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै सबैका घरआँगनमा हर्षोल्लास, उमङ्ग र समृद्धि छाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।
