हात्तीकाे आक्रमणबाट बचेर पुनर्जन्म पाएकी साविक अयाेध्यापुरी गा.वि.स (हाल माडी-९) प्याउली कि हरीमाया तामाङ १२ वर्षदेखि निरन्तर उपचाररत छिन् । २०६७ साल पाैष ३ गते घरमै आएकाे जङ्गलि हात्तीकाे आक्रमणबाट टाउकाे, हात र गर्धनमा गम्भीर चाेट लागेकाे उनकाे सुष्मा काेइराला मेमाेरियल अस्पतालमा ६ महिना राख्नुपर्दा करिब साढे चार लाख खर्च भयाे ।
१२ वर्षअघि घटेकाे उक्त घटनाले उनलाई अझैपनि पीडा महसुस भैरहेकाे छ । घाइतेकाे उपचारकाे लागि भनेर निकुञ्जबाट ५० हजार मात्रै पाएकि उनलाई औषधाेपचार मा लागेकाे करिब साढे चार लाख र बल्झिएकाे घाउले पटकपटक मरे भन्दा बढि पिडा दिइरहेकाे छ ।
हात्तीकाे आक्रमणबाट उनकाे देब्रे पट्टिकाे भाग चल्नै नसक्ने भएकाे छ भने टाउकाकाे घाउ पाकेर बेला बेलामा ड्रेसिङ गरिरहनुपर्ने हुन्छ । ६२ वर्षिय हरीमाया तामाङकाे श्रीमान बाहेक परिवारमा काेहिपनि नहुँदा आम्दानी श्राेत जुटाउन गाह्राे भएकाे छ । सहयाेग रकम भन्दापनि कसैले राेजगारीकाे व्यवस्था गरिदिए जीवन चलाउन सहज हुने श्रीमान आस बहादुर तामाङ काे अपेक्षा रहेकाे छ ।