माडी नगरपालिकाकाे कार्यपालिकाकाे बैठकले वृद्धा तुलसीमाया दुराको घर निर्माण गरिदिने प्रस्ताव पारित गरेकाे छ ।
Advertisementआज विहिबार सम्पन्न बैठकले माडी नगरपालिका वडा नं. ९ स्थित अति विपन्न परिवारकी वृद्धा तुलसीमाया दुराको आर्थिक अवस्था नाजुक रहेको र उहाँका २ छोराहरु सुस्त मनस्थितीका भएको भनि वडा कार्यालयको सिफारिस बमोजिम विपन्न नागरिकको आवास निर्माण शिर्षकबाट लागत अनुमान बमोजिमको घर निर्माण गरिदिने निर्णय गरेकाे हाे ।
माडी नगरपालिका-९, बगहि खाेला नजिकै जङ्गलकाे छेउमा बस्दै आउनु भएकि वृद्द आामा तुलसीमाया दुराकाे कष्टकर अवस्थाबारे पारदर्शि अनलाइनले रिपाेर्ट समेत प्रसारण गरेकाे थियाे ।
#PRD800211