माडी–१ लक्ष्मुनियामा सुर्यमुखि फूलको मनमोहक दृश्यसंगै चिया, खाजा र सेल्फिको मज्जा लिन पाइने भएको छ ।
हिमालय अर्गानिक गार्डेनले सञ्चालन गरेको सुर्यमुखि खेतीमा ढकमक्क फुलेका सुर्यमुखि फूलको दृश्य हेर्दै फोटो खिच्न र सेल्फि लिन पाइने गरि व्यवसायिक रुपमा सुद्द अर्गानिक उत्पानको बिक्री वितरण सुरु गरिएको छ ।
करिब ३ वर्षदेखि माडीको लक्ष्मुनियामा सुर्यमुखि खेती गर्दै आउनुभएकी हिमालय अर्गानिक गार्डेनको सञ्चालिका बिमला आचार्य दाहालले सुद्ध अर्गानिक सुर्यमुखि तेलसंगै, कालो चामल, बासमतीको चामल र सुद्ध महको बिक्री वितरण समेत गर्दै आउनुभएको छ ।
उपभोक्ताले हिमालय अर्गानिक गार्डेनद्धारा उत्पादित सुद्ध अगार्निक खाद्य वस्तुहरुको खरिदसंगै उक्त ठाउँमा पुगेर अब रु. ७५ को टिकट काटेर फोटो खिच्न र सेल्फि लिन समेत पाउनेछन् भने सो ठाउँमा बसि चिया पिउन र अर्गानिक खाना, खाजाको मज्जा लिन समेत पाइने भएको छ ।
टिकट बिक्रीबाट प्राप्त रकमको केहि प्रतिशत रकमा स्थानिय महिलाहरुलाई तरकारी खेती सम्बन्धी तालिममा खर्च गर्ने हिमालय अर्गानिक गार्डेनको सञ्चालिका बिमला आचार्य दाहालले बताउनुभयो । करिब ३ वर्षअघि काठमाण्डौबाट माडी आइ ५ बिगाहा जग्गा लिजमा लिएर सुरु गर्नुभएको व्यवसायिक सुर्यमुखि खेतीको उत्पादन अहिले ९ विगाहा जमिनमा विस्तार गर्नुभएको छ । #PRD801106
(सुद्द अर्गानिक तेल, मह, कालाे चामल र वासमती चामल अर्डरका लागि उहाँकाे सम्पर्क नम्बर: 9851245426)