Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, साउन १५, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव

जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

चितवन आउँदै गरेको ट्याक्सी सितापाइला सडक खण्डमा दुर्घटना

लोकप्रिय समाचार

  • १. ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

  • २. जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

  • ३. चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः उर्जामन्त्री

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनको अग्रसरमा चितवन र गैंडाकोटमा वृक्षारोपण

  • ५. विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

  • ६. एनआरएनए पाेल्याण्डकाे नेतृत्व चयनमा चुनावी माहाेल तात्याे

  • ७. विद्युत प्राधिकरण माडी प्रशाखामा तालाबन्दी

  • ८. सुनको मुल्य २४ सय रुपैयाँले घट्यो

  • ९. वातावरण संरक्षणमा युवा शक्ति : चितवनमा लियो क्लबको वृक्षारोपण अभियान

  • १०. आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारी

भरतपुरमा दुई नयाँ खानेपानी आयोजना निर्माण हुँदै


  •   बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
  • संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको लागत साझेदारीमा दुईवटा नयाँ खानेपानी आयोजना निर्माण हुँदैछन् ।

    Advertisement

    बेलचोक सहलगानी खानेपानी आयोजना र गौरीगञ्ज खानेपानी आयोजना निर्माण हुन लागेका हुन् ।

    दुवै आयोजनामा ओभरहेड ट्याङ्की निर्माण, पुरानो पाइपलाइन प्रतिस्थापन एवं नयाँ पाइपलाइन विस्तार गरिनेछ । दुई खानेपानी आयोजनाको कुल लागत ५० करोड चार लाख ४९ हजार रूपैयाँ रहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख सुन्दर सुवेदीले अबको २० दिनभित्र दुवै आयोजनाको ठेक्का आह्वान गरिने बताए ।

    लागत साझेदारीमा खानेपानी आयोजना निर्माण गर्न भरतपुर खानेपानी व्यवस्थापन बोर्डले बजेटको सुनिश्चितता गरिसकेको छ ।

    हामी त्यसकै काममा लागिरहेका छौँ । अब १५ देखि २० दिनभित्र दुवै आयोजनाको ठेक्का निकाल्छौँ ।’ बेलचोक सहलगानी खानेपानी आयोजना १९ करोड ९५ लाख ३० हजार २१० रूपैयाँमा निर्माण गर्न लागिएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जय बरालले बताए । यो आयोजनामा संघीय खानेपानीको ७० प्रतिशत र बोर्डको ३० प्रतिशत लगानी रहने उनले बताए ।

    आयोजनाको कुल लागतको १० प्रतिशत अर्थात् एक करोड ९९ लाख ५३ हजार रूपैयाँ बोर्डले मङ्गलबार संयुक्त खातामा जम्मा गरेको उनले जानकारी दिए ।

    ‘यो आयोजनाका लागि हामीले मङ्गलबार झन्डै दुई करोड रूपैयाँ संयुक्त खातामा जम्मा गरिसकेका छौँ’, उनले भने, ‘भरतपुर–३ को बजार क्षेत्रमा यो आयोजनाको पानी वितरण हुनेछ, त्यसका लागि ओभरहेड ट्याङ्की, नयाँ पाइप विस्तार र पुरानो पाइप प्रतिस्थापन गरी ठूलो साइजको पाइप राख्नेछौँ ।’ उनका अनुसार डिप बोरिङले निकालेको पानी प्रशोधन गरेर वितरण गरिनेछ ।

    त्यस्तै, ३० करोड नौ लाख १९ हजार ९०४ रूपैयाँको लागतमा गौरीगञ्ज खानेपानी आयोजना निर्माण हुन लागेको उनले बताए । यो आयोजनामा संघको ९० प्रतिशत र बोर्डको १० प्रतिशत लगानी रहनेछ । बोर्डले व्यहोर्ने रकमको एक प्रतिशतले हुन आउने ३० लाख नौ हजार १९९ रूपैयाँ एक हप्ताअगाडि संयुक्त खातामा जम्मा गरिएको उनको भनाइ छ ।

    भरतपुर खानेपानी बोर्डको खानेपानी उपभोग गर्ने ग्राहकको संख्या करिब ४१ हजार छ । दैनिक खानेपानी उत्पादन तीन करोड ४८ लाख लिटर छ भने दैनिक दुई करोड ४६ लाख लिटर खपत हुने गरेको बरालले बताए । खानेपानीको चुहावट २९ प्रतिशत रहेको उनले जानकारी दिए । ‘सडक निर्माण तथा विस्तारका क्रममा खानेपानीका पाइप फुटाइँदा चुहावट बढी देखिएको छ’, उनले भने । उनका अनुसार २०७० साल फागुनदेखि खानेपानीको महसुल बढेको छैन । १० हजार लिटरसम्म पानी खपत गर्ने निजी/घरायसी ग्राहकले न्यूनतम महसुल १०० रूपैयाँ तिर्नुपर्छ भने बढी खपत गर्ने ग्राहकले प्रतिहजार लिटर १८ रूपैयाँ तिर्नुपर्छ ।

    संस्थागत ग्राहकले भने न्यूनतम १० हजार लिटरसम्म खपत गर्दा न्यूनतम महसुल १३५ रूपैयाँ तिर्नुपर्छ । त्यसभन्दा बढी खपत गरे प्रतिहजार लिटर २० रूपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको बोर्डले जनाएको छ । २७ हजार लिटरसम्म पानी खपत गर्ने निजी/संस्थागत ग्राहकले न्यूनतम ९७५ रूपैयाँ र त्यसभन्दा बढी खपत गर्दा प्रतिहजार लिटर ३० रूपैयाँ तिर्नुपर्छ ।

      बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त
      प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै
      दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा
      चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
      विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा
      अमेरिकामा ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’

      लोकप्रिय

      • १.
        NRNA पाेल्याण्डकाे संयाेजकमा जिवन सिन्जाली चयन

      • २.
        NRNA पाेल्याण्डकाे आठौं अधिवेशन: अध्यक्षमा ‘भविन’ काे

      • ३.
        ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती

      • ४.
        युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरि मनाइन

      • ५.
        रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा

      • ६.
        जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत

      भर्खरै

      • १.
        चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

      • २.
        प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

      • ३.
        आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

      • ४.
        दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

      • ५.
        चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव

      • ६.
        जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

      • ७.
        ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

      • ८.
        विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.