माडी ९ का वडाध्यक्ष घनश्याम दवाडीले हनुमानझुलामा विद्युतिकरण नगरिएसम्म आफूहरु बैठकमा नबस्ने बताउनुभएको छ ।
पारदर्शीसंग संक्षिप्त कुराकानी गर्नुहुँदै दवाडीले हनुमानझुला क्षेत्रको विद्युतिकरण अत्यावश्यक रहेको उल्लेख गर्दै आगामी हिउँदे नगरसभाबाटै बजेट रकमान्तर वा व्यवस्थापन हुनुपर्ने माग आफूहरुले राखेको बताउनुभएको छ ।
विभिन्न पूर्वाधारबाट समेत बन्चित त्यहाँका नागरिकलाई विद्युत नहुँदा टुकीबत्तीको भरमा जीवनयापन गर्नुपर्ने अवस्थालाई बदल्न सरकारलाई आह्वान गर्नुभएको छ ।
बिहिवार माडी नगरपालिकाको ६३ औँ नगर कार्यपालिका बैठक हनुमानझुला क्षेत्रमा तत्काल विद्युतिकरणको माग उठेपछि स्थगित भएको दवाडीको भनाइ छ ।
उहाँ उक्त मागलाई बैठकले सम्बोधन नगरेपछि विरोधस्वरूप बैठकबाट बाहिरिनुभएको थियो। वडाध्यक्ष दवाडी बाहिरिएलगत्तै नेकपा–सम्बद्ध अन्य वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू समेत बैठक बहिष्कार गर्दै बाहिरिएका थिए।

