नेपाली कांग्रेस चितवनका कार्यवाहक सभापति राजीव न्यौपानेले अब पार्टीले प्रधानमन्त्रीको जिम्मेवारी गगन थापालाई दिनुपर्ने बताउनुभएको छ ।
Advertisement
पारदर्शीसँगको संक्षिप्त कुराकानीमा उहाँले कांग्रेसको विशेष महाधिवेशनबाट सक्षम र योग्य नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो ।
कांग्रेसमा इमानदार नेता–कार्यकर्ता रहेकाले पार्टी कुनै पनि हालतमा नफुट्ने उहाँको जिकिर थियो। उहाँले आसन्न प्रतिनिधिसभा निर्वाचन जसरी पनि हुनुपर्ने र संसद् पुनर्स्थापनाको चर्चा हल्ला मात्र भएको बताउनुभयो ।
न्यौपानेले चुनावपछिको सरकारले जेन–जीका माग सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिँदै सबैलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले चुनावमा सहभागी हुन आग्रह समेत गर्नुभयो ।

