मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा समानान्तर नयाँ सडक निर्माणका लागि रेखाङ्कन स्वीकृत भएको छ। सरकारले त्रिशूली र मर्स्याङ्दी नदीको किनार हुँदै गोर्खातर्फ नयाँ सडक खोल्ने निर्णय गरेको हो।
Advertisement
आयोजनाअनुसार कूल ९.३८४ किलोमिटरमध्ये मर्स्याङ्दी पारी ४.४५६ किलोमिटर नयाँ सडक बन्नेछ। मुग्लिनमा त्रिशूलीमाथि १२० मिटर र मर्स्याङ्दीमाथि १२५ मिटर लामो पुल निर्माण गरिनेछ। हालको सडक एक लेन एकतर्फी बनाइनेछ भने नयाँ सडक दुई लेन एकतर्फी हुनेछ।
एसियाली विकास बैंकको ऋण सहयोगमा करिब रु ३ अर्ब ९७ करोड लागतको यो आयोजनाले गोर्खाको सहिदलखन गाउँपालिकालाई पनि जोड्नेछ। आयोजनाले यातायात सुधारसँगै गोर्खातर्फको ग्रामीण क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
