तनहुँ, चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ। बुधबार रातिदेखि नै भक्तजन देवघाट आउन थालेका हुन्।
Advertisement
यस वर्ष करिब तीन लाख भक्तजन मेला भर्ने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ। माघ महिनाभर स्नान गर्दा ठूलो पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
मेलालाई व्यवस्थित बनाउन सवारी आवागमन, पार्किङ र पैदल मार्गको विशेष व्यवस्था गरिएको छ। साथै ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
तीर्थस्थल क्षेत्रमा धुम्रपान, मदिरा तथा मांसाहार निषेध गरिएको छ। समितिले भक्तजनलाई सुरक्षित र मर्यादित रूपमा मेला सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।
