चितवनमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग बढेको छ ।
Advertisement
मागसँगै अण्डाको मूल्य पनि वृद्धि भएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ । सङ्घका अनुसार आजदेखि ठूलो अण्डाको फार्म मूल्य प्रतिकरेट ३० रुपैयाँ बढेर ४९५ रुपैयाँ पुगेको छ भने मझौला अण्डाको मूल्य ४७५ रुपैयाँ कायम गरिएको छ ।
निर्वाचनको माहोल, सीमा क्षेत्रमा कडाइ र उत्पादनमा आएको कमीका कारण अण्डाको मूल्य बढेको सङ्घको भनाइ छ । पछिल्लो मूल्यवृद्धिपछि किसानमा केही आशा पलाएको छ ।

