“शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए अस्तित्व हराउँछ, अस्तित्व हराए जातित्व हराउँछ” भन्ने मूल नाराका साथ मञ्जुश्री सम्वत २८६२ औँ ताक ल्हो घोडा वर्गको सोनाम लोसार २०२६ सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम फेब्रुअरी १४, २०२६ का दिन पोल्यान्डको उज सहरमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता चतुर मान तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा डा. बोधराज सुवेदी (अवैतनिक वाणिज्य दूतावास, पोल्यान्ड) रहनुभएको थियो । विशिष्ट अतिथिमा एनआरएनए अध्यक्ष रिता तिवारी न्यौपानेको उपस्थिति रहेको थियो । साथै एनआरएनए पोल्यान्डका महासचिव उदयराज गिरी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोल्यान्डका अध्यक्ष सुसन परियार, वैदेशिक प्रवासी नेपाली सङ्घका मित्रलाल पार्दै, नेपाली जनसम्पर्क समिति पोल्यान्डका सभापति भीम परियार, संयुक्त नेपाली मजदुर समाज पोल्यान्डका अध्यक्ष भीमबहादुर पाण्डे, याक्थुङ लिम्बु समाज पोल्यान्डका अध्यक्ष तथा यूएनएलएसका सल्लाहकार सुनिता लावती, कार्चेव तामाङ एकता समाज पोल्यान्डका प्रतिनिधि राकेश लामा, वार्सा प्रतिनिधि नेपाल तामाङ घेदुङ समाज पोल्यान्डका सोनाम लामा, नेपाल मगर सङ्घ शाखा पोल्यान्डका अध्यक्ष नवराज राना, पूर्व आइसिसी पोल्यान्ड तथा सफल व्यवसायी भीमबहादुर खड्का लगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको आतिथ्य रहेको थियो ।
कार्यक्रममा ङवाङ लामा योञ्जन, मन्दिरा वाइबा, मिलन घलान, पेमा लामा, रेशम पुलामी मगर र कुसुम तामाङले गायन प्रस्तुति दिएका थिए भने फुर्वा साङ्गे लामाले हास्य तथा नृत्य प्रस्तुति दिएका थिए । अनिता स्याङ्तानसहितको सामूहिक नृत्य, इशा मगर, सबिना थापा, भुवन राना मगर, सुशान परियार र सुजु सुवेदीले नृत्य तथा गजल–कविता वाचनमार्फत दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए ।
कार्यक्रमको प्रमुख आकर्षण वरिष्ठ मेन्दोमाया गायिका रमला पाख्रीनको बेजोड प्रस्तुति रहेको थियो। उक्त कार्यक्रमका मिडिया पार्टनरमा पारदर्शी अनलाइन पोल्यान्ड र नमस्ते रमाइलो टिभी रहेका थिए।





