राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा अब विकास निर्माणको युग सुरु भएको दाबी गरेका छन् ।
केहीदिनअघि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिको प्रतिरक्षा गर्दै सभापति लामिछानेले निर्माण व्यवसायी आत्तिन नपर्ने भन्दै टिप्पणी पनि गरेका छन् ।
‘निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन् । अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,’ सभापति लामिछानेले भने, ‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, डोरीले बाँध्ने भनेको होइन । कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’
धनगढीको चुनावी सभामा बालेनले सडक बनाउन ढिलासुस्ती गर्नेलाई रुखमा बाँधेर हुन्छ कि, थुनेर हुन्छ छिटो बनाउन लगाउने भनेका थिए । यस्तै सभापति लामिछानेले कांग्रेस सभापति गगन थापालाई लक्ष्य गर्दै २० वर्ष सांसद भएको मान्छेलाई बल्ल ज्ञान आएको भन्दै टिप्पणी गरे । यस्तै उनले विकास निर्माणका काममा दुई देखि तीन सिफ्टमा काम हुने बताए ।
