चितवनको माडीमा ९औँ भलिबल स्थापना दिवस–२०८३ को अवसरमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
Advertisement
नगर खेलकुद विकास समिति माडी ले जेठ १५ गतेदेखि बसन्तपुर खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।
प्रतियोगितामा माडीका ९ वटै वडाबाट पुरुष र महिला टिम अनिवार्य सहभागी हुनेछन् । खेलाडी छनोट गर्दा कक्षा १२ सम्मका कम्तीमा २ जना विद्यार्थी अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पुरुषतर्फ लिग नकआउट र महिलातर्फ नकआउट प्रणालीमा खेल सञ्चालन गरिनेछ । टिम दर्ता जेठ १३ गतेभित्र गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।
