चितवनको भरतपुर महानगरपालिका–११ स्थित नौरंगेमा ‘आरोग्य केयर होम प्रा.लि.’ सञ्चालनमा आएको छ । बिरामी, ज्येष्ठ नागरिक तथा विशेष हेरचाह आवश्यक पर्ने व्यक्तिलाई लक्षित गर्दै केयर होमले विभिन्न स्वास्थ्य तथा नर्सिङ सेवा सुरु गरेको हो ।
केयर होमले २४ सै घण्टा बिरामीको नर्सिङ सेवा, डे केयर सेवा, प्यालिएटिभ केयर, वृद्धवृद्धा तथा दीर्घरोगीको हेरचाह लगायतका सेवा प्रदान गर्ने जनाएको छ । साथै, प्यारालाइसिस भएका बिरामी, डिमेन्सिया, अल्जाइमर्स, पार्किन्सनजस्ता समस्याबाट पीडित बिरामीको विशेष केयरसमेत उपलब्ध गराइने बताइएको छ ।
संस्थाले शल्यक्रियापछि आवश्यक पर्ने स्याहार, पाइपबाट खाना खुवाउने सेवा तथा फिजियोथेरापी सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ । घरमै बसेर सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित केयर होम स्थापना गरिएको सञ्चालकको भनाइ छ ।
हाल स्वास्थ्य क्षेत्रमा बढ्दो आवश्यकता र परिवारमा समय अभावका कारण यस्ता सेवाप्रति आकर्षण बढ्दै गएको छ । आरोग्य केयर होमले अनुभवी जनशक्ति मार्फत बिरामीलाई आत्मीय र भरपर्दो सेवा दिने लक्ष्य राखेको जनाएको छ ।
#PRD0830215
