पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको कटान रोक्न निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको छ। भारतीय पक्षले विवादित क्षेत्र भएको दाबी गर्दै थप १३२ मिटर क्षेत्रमा तत्काल भौतिक संरचना निर्माण नगर्न आग्रह गरेको हो।
Advertisement
जिल्ला प्रशासन कार्यालयले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ। हाल करिब १ किलोमिटर तटबन्ध निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ भने १३२ मिटर खण्डको काम रोकिएको छ।
स्थानीयवासीले तटबन्ध निर्माण सुचारु गर्न सरकारसँग पहल गर्न माग गरेका छन्। उनीहरूले नारायणी नदीको कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन तटबन्ध अत्यावश्यक रहेको बताएका छन्।
