[पारदर्शि अनलाइन]
माडी-१ लक्ष्मुनिया सृजनाचाेकदेखि भङ्गेता अजिङ्गरे खाेला सम्मकाे २.१ किलोमिटर सडक कालाेपत्रे प्रकृया २ वर्षदेखि अलपत्र छ । कालाेपत्रे विछ्याउने समयमा ठेकेदार कम्पनीले हात झिकेपछि राेकिएकाे काम अझै सुचारू हुन सकेकाे छैन ।
Advertisement
बाटाे निर्माण कार्य छिट्टै सुचारू गर्न साे क्षेत्रका स्थानियले केही दिनअघि माडी नगरपालिकाकाे नगरप्रमुख ताराकुमारी काजि महताेलाई ध्यानाकर्षण समेत गराएका थिए ।
भङ्गेता अजिङ्गरे खाेलासम्मकाे बाटाे कालाेपत्रे नहुँदा उपभाेक्ता समिति र त्यहाँका स्थानियले केके समस्याहरू भाेग्नुपरेकाे छ ? साे क्षेत्रकाे बाटाे कहिले बन्छ ? माडी नगरपालिकाका प्रवक्ता डन्डापाणि पाैडेलकाे जवाफसहित तयार पारिएकाे भिडियाे रिपाेर्ट आधिकारिक फेसबुक पेज र युटुब च्यानलमा प्रकाशित गरिएकाे छ ।
#PardarshiOnline