राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले भोलि चैत्र १७ गते चितवनको रत्ननगरमा बिशाल आमसभा गर्ने भएको छ । राप्रपा चितवन क्षेत्र नं १ क्षेत्रीय समितिले आयोजना गरेको सो आमसभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन लगायतका केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको राप्रपा चितवनले जनाएको छ ।
Advertisement
रत्ननगर बसपार्कमा बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने छ । आमसभामा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री विक्रम पाण्डे, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय कार्यसम्पादन सदस्य दिपक सिंहले सम्बोधन गर्ने क्षेत्रीय अध्यक्ष बलराम खनालले जानकारी दिनुभयो ।
आमसभामा अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राजनीतिक अवस्था र राप्रपाको धारणा सार्वजनिक गर्ने बताइएको छ । #PRD801216