माडी–३, बसन्तपुर आज (आइतबार) भएकाे खुल्ला रक्तदान कार्यक्रममा ४३ महिला र ७६ जना पुरूष सहित ११९ जनाले रक्तदान गरेका छन् ।
Advertisement
रेडक्रसकर्मी भागिरथ बस्याल काे ८० औं पटककाे रक्तदान वाट सुरूवात गरिएकाे कार्यक्रममा ५० पटक रक्तदान गरिसक्नु भएका ब्लड डाेनर्स साेसाइटी नेपालका बरिस्ठ उपाध्यक्ष एवं नेपाल रेडक्रस साेसाईटी बघाैडा उपशाखाका आजीवन सदस्य हरि न्याैपाने लाई सम्मान गरिएकाे थियाे ।
त्यस्तै, ब्लड डाेनर्स साेसाइटी नेपालका अध्यक्ष , बरिस्ठ उपाध्यक्ष सल्लाहकार लगायतका ब्यक्तित्व हरूबाट रक्तदान सम्बन्धि सचेत तथा उत्प्रेरणा समेत प्रदान गरिएकाे थियाे ।
नेपाल रेडक्रस सोसाइटी बघौडा उपभोक्ता उपशाखा माडी, पतञ्जली योग समिति माडी र मिसन स्टार एजुकेशन कन्सल्टेन्सी, बसन्तपुरको आयोजनामा रक्तदान सचेतना तथा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिएकाे हाे । #PRD801218