निकुञ्जभित्र बैकल्पिक भुमिगत केबुल बिछ्याउनकाे लागि निर्देशित समय भित्र इ.आइ.ए सहमति पत्र प्राप्त नभए माडीबासि आन्दाेलित हुने भएका छन् ।
Advertisement
समृद्धिका लागी युवा अभियान माडीका युवाहरू र माडी भरतपुर सम्पर्क मंचका प्रतिनिधिहरू बिच साे कामकाे ढिलासुस्ती र हेपाहा प्रवृत्तिका विरूद्द विभिन्न संघर्षका कार्यक्रमहरू गर्न छलफल सुरूभएकाे छ ।
जस अन्तरगत आगामी बैशाख १३ गते दिउसाे ३:३० बजे भरतपुरकाे हाेटल ग्लाेबलमा माडीसंग जोडीएका विभिन्न समुह तथा संघसस्थाहरू बिच छलफल गरी समिति निर्माण गर्ने सहमती भएकाे समृद्धिका लागि युवा अभियानका अभियन्ता रामचन्द्र लम्सालले बताउनुभयाे ।
अभियानले बैशाख २५ सम्मपनि कुनै काम नभए बैशाख २९ गतेदेखि भरतपुरको आपटारीमा काठमाण्डौ केन्द्रित चक्का जाम वा वृहत विरोध प्रदर्शन गर्ने समेत उद्घाेष गरिसकेकाे छ ।#PRD810110