हरितालिका तीजको पुर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्पन्दन नेपालको आयोजनामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
नारायणी पब्लिक कलेजमा भएको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । जसमा ३९ पुरूष र १८ महिलाले रक्तदान गरेका हुन् । सामाजिक कार्यमा सकृय सस्था स्पन्दन नेपाललले हरितालिका तीजको अबसरमा मानवसेवा, स्वास्थ सेवालाई सहयोग गर्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरेको स्पन्दन नेपालकी अध्यक्ष अनिता खनाललले बताइन् ।
यस अगाडि रामजानकी बालिका आश्रममा दर खुवाएको, पेटको क्यान्सर पिडितलाई १० हजार दुई सय सहयोग गरिएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनको प्रमुख प्रशासकिय अधिकृत अन्तिम सिंजाली मगर प्रमुख अतिथिको रूपमा रहेकी थिइन ।
बिशिस्ट अतिथिको रूपमा नारायणी पब्लिक कलेजमा अध्यक्ष राजेश्वर खनाल भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्ण प्रसाद पौडेल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहयोगी सस्थाको रूपमा नारायणी इङलिस पब्लिक कलेज , समन्वय टोल बिकास संस्था , जनोदय टोल विकास संस्था , र शान्तिटोल बिकास संस्था रहेका थिए ।