भरतपुर ११ स्थित मालपोत चोकमा रहेको हिमालय आधारभूत माध्यमिक विद्यालयले सार्वजनिक बिदाका दिनमा समेत पढाउने निर्णय गरेको छ । आज संविधान दिवसका अबसर पारेर विद्यालयले धार्मिक चाडबाड बाहेक अन्य जयन्ती दिवसहरुमा पढाउने निर्णय गरिएको बिद्यालयका प्रधानाध्यापक डिल्ली रमन तिवारीले जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि समेत विभिन्न शैक्षिक योजनाहरु अगाडि बढाएको जानकारी दिनुभयो । अतिरिक्त क्रियाकलापहरुमा बिद्यार्थीलाई जोडदिदै बिदाका समयमा समेत बाँकी कोषहरुको पढाइ हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं अधिवक्ता जगन्नाथ भण्डारीले जानकारी दिनुभयो ।
हाल बिद्यालयमा १ देखि ८ सम्म झन्डै ५०० को हाराहारीमा बिद्यार्थीहरु अध्यनरत छन् । अङ्ग्रेजी र नेपाली माध्यममा पढाई हुने सो बिद्यालयमा कक्षाकोठा र विषयगत शिक्षकहरुको अभाव रहेको छ । भने विद्यार्थीहरुका लागि दिवा खाजाको व्यवस्था स्कुलले नै गरेको प्रधानाध्यापक डिल्ली रमन तिवारीले जानकारी दिनुभयो ।