माडीकाे बसन्तपुरमा आगामी माघ ५ गते देखि माडी गोल्डकप २०८१ सञ्चालन हुने भएकाे छ ।
Advertisement
बसन्तपुर युनाइटेड क्लबको आयोजनामा माघ १२ गतेसम्म सञ्चालन हुने माडी गाेल्डकपमा राष्ट्रिय स्तरका फुटबल क्लबहरूविच प्रतिस्पर्धा हुने बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नवीन वश्यालले बताउनुभयाे ।
गाेल्डकपकाे विजेताले नगद रू. ३ लाख र उप-विजेताले नगद रू. १ लाख पचास हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएकाे छ ।
गत वर्ष, २५ औं माडी गाेल्डकप अन्डर-१९ राष्ट्रिय फुटबल प्रतियाेगिता सञ्चालन गरेकाे क्लबले यसवर्ष गाेल्डकपकाे नयाँ संस्करण माडी गाेल्डकप सञ्चालन गर्न लागेकाे हाे ।
हरेक खेलमा विधागत पुरस्कारको समेत व्यवस्था रहेकाे आयाेजकले जनाएकाे छ ।