लामो समयदेखि काममा सुस्तता छाएको माडीको मगोई खोला पुलकाे स्पान्सन जाेइन हुँदैछ ।
Advertisement
सम्पन्न हुनै लागेको पुल निर्माण पक्षको ढिलासुस्तीका कारण यतिका दिनसम्म अलपत्र पर्दै आएको हो । खासगरी बर्षातको समयमा ठेकेदारको ढिलासुस्तीका कारण गतबर्ष असार मसान्तमा नै सम्पन्न हुनुपर्ने पुल आजसम्म निर्माण कार्य सम्पन्न नहुँदा जनताले सास्ती खेप्दै आएका हुन् ।
पुलको साइड फिलिङ लगायत फिनिसिङका कामहरु गरी करीब १५ प्रतिशत काम बाँकी रहेको छ । निर्माण कम्पनीका प्रमुख अनिल लोहनीले गत बैशाख १६ गते माडीका नगरप्रमुख एवं सार्वजनिक मिडियासमक्ष यही जेठ मसान्तभित्रै पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । #PRD800217 #MagaiBridge