नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचिमा चितवनका चार जना समावेश भएका छन् ।
सोमबार एमालेले पठाएको ११० जनाको नामावलीमा जनजाति, खस आर्य महिला र दलित समुहबाट चार जनाको नाम पठाएको हो ।
बन्द सूचिमा पर्नेमा आदिवासी जनजाति समूहबाट पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सन्तबहादुर प्रजा, खस आर्य समूहबाट प्रभा बराल (पौडेल) र दलित समूहबाट यमबहादुर परियार रहेका छन् ।
पटक पटक मन्त्री भइसकेका थापा र परियार माओवादी पुष्ठिभूमिका व्यक्ति हुन् । थापा जनजाति समुहका पहिलो सूचीमा समेत छन् । उनको विषयलाई लिएर सर्वसाधारणमा आलोचना समेत भएको छ ।
नेकपा एमालेले झापा जिल्लाका सबैभन्दा बढी ९ जनाको नाम समानुपातिक उम्मेदवारका बन्द सूचिमा राखेको छ । उत्ता नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचिमा चितवनबाट एक जनाको नाम पनि समावेश गरेको छैन । यसको नेपाली कांग्रेस चितवनका कार्यकर्ताले विरोध जनाएका छन् ।

