चितवन क्षेत्र नं. २ अन्तर्गत सञ्चालनमा रहेको ब्लुबस सेवा बन्द भएको भन्ने समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले आपत्ति जनाएको छ।
Advertisement
पार्टीका अनुसार केही अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचार तथ्यहीन र भ्रामक रहेको भन्दै पार्टीले यथार्थ नबुझी समाचार लेख्ने प्रवृत्तिको बिज्ञप्ती सहित खण्डन गरेको हो ।
रास्वपा चितवनले जानकारी दिएअनुसार महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको ब्लुबस केही दिनदेखि मर्मत–सम्भारका लागि रोकिएको र एक–दुई दिनभित्र पुनः सञ्चालनमा ल्याइने जनाइएको छ । पार्टीले बिना तथ्य यस्ता समाचार प्रकाशन नगर्न तथा जनमानसमा भ्रम नफैलाउन सञ्चार माध्यमलाई आग्रह समेत गरेको छ ।
#PRD0820920

