माडी नगरपालिकाले फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्ने भएको छ ।
Advertisement
घरघरबाट सङ्कलन हुने फोहर सात प्रकारमा वर्गीकरण गरी तौलका आधारमा पैसा दिएर किनिने व्यवस्था गर्न लागिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार टोल विकास संस्थामार्फत फोहर सङ्कलन गरिनेछ र बिक्रीयोग्य फोहरको बजार मूल्यअनुसार मासिक रूपमा भुक्तानी गरिनेछ ।
कागज, प्लास्टिक, बोतल, सिसा, धातु, मेटालिक प्लास्टिकलगायत फोहर छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ ।
वातावरणमा बढी असर गर्ने प्लास्टिकजन्य फोहरलाई उच्च मूल्यमा किनी लुम्बिनी प्रदेशको प्लान्टमा पठाउने योजना छ । यस ढाँचाले सरसफाइ प्रवर्द्धन हुनुका साथै नागरिकमा फोहर छुट्याउने बानी विकास हुने नगरपालिकाको विश्वास छ । हाल माडीमा दैनिक करिब आठ टन फोहर सङ्कलन हुने गर्दछ ।

