माडीको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र सोमेश्वरगढीमा यहि चैत्र ६ गते देखि १३ गतेसम्म (रामनवमी (चैतेदशैं) मेला लाग्दैछ । नेपाल-भारत सीमावर्ति क्षेत्रस्थित सो ऐतिहासिक एवं धार्मिक स्थलमा विगतका वर्षहरूझैं यसवर्ष पनि भव्य चैतेदशैं मेला सहित पूजाअर्चना हुन लागेको हो ।
जसकाे तयारी स्वरूप मेला स्थलमा सरसफाइ र साे क्षेत्रमा पसल सञ्चालनकाे लागि व्यवस्थापनका कामहरू भैरहेकाे साेमेश्वरगढि संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोख्रेलले जनाउनुभयाे । साथै, मेलामा आउने श्रद्धालु भक्तजनहरूलाइ प्रसाद ग्रहण गराउन इच्छुक एवं मेला सञ्चालनार्थ सहयाेग गर्न चाहने दाताले समितिलाई (+9779865418617) खबर गर्न सक्नुहुने जनाइएकाे छ ।
साेमेश्वरगढि मेलामा बली दिन र पुजा गर्न नेपाल र भारतका भक्तजन एवं दर्शनार्थीहरूकाे उल्लेख्य सहभागिता रहने गर्दछ । मेलाकाे अवलाेकन र धार्मिक कार्य गर्नकाे लागि दैनिक हजाराैं श्रद्दालु भक्तजनहरूले साेमेश्वरगढि पुग्ने गर्दछन् । #PRD821126
