देवघाट गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत “अध्यक्षसँग कृषि कार्यक्रम” मार्फत ५० प्रतिशत लागत सहभागितामा मौरीघार तथा आवश्यक सामग्री वितरण गर्ने भएको छ।
Advertisement
२०८२ चैत २२ गते प्रकाशित सूचनाअनुसार इच्छुक कृषक, कृषक समूह तथा कृषि सहकारीहरूले १० दिनभित्र (२०८३ वैशाख २ गतेसम्म) आवेदन दिन सक्नेछन्।
आवेदनका लागि आवश्यक सामग्रीको परिमाण खुलाइएको निवेदन, समूह/सहकारीका हकमा सञ्चालक समितिको निर्णय तथा लागत सहभागितासम्बन्धी प्रतिबद्धता पत्र पेश गर्नुपर्नेछ। आवेदन गाउँकार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा बुझाउन सकिनेछ।
