तनहुँको रिसिङ्ग गाउँपालिका–१, झापुटारमा “दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३” आयोजना हुने भएको छ।
Advertisement
“भाषा, लिपी, कला, संस्कृति र साहित्य रहे जातियताको अस्तित्व रहन्छ, जातियताको अस्तित्व रहेमात्र राष्ट्रियताको अस्तित्व रहन्छ” भन्ने मूल नारासहित सम्मेलन वैशाख ४ र ५ गते बिहान १० बजेदेखि सञ्चालन हुनेछ।
कार्यक्रमको आयोजना नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिले गरेको हो भने व्यवस्थापन गण्डकी प्रदेश समिति, तनहुँ–काठमाडौं सम्पर्क समिति तथा जिल्ला कार्यसमिति तनहुँले गर्नेछ ।
सह–आयोजकमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपाल र नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँ रहेका छन्।
सम्मेलनले मगर समुदायको मौलिक कौराहा संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

