श्रीसिद्ध दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, गल्याङ नगरपालिका वडा नं ८ मा आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक तथा कृषक सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहकारीले उक्त आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्नुका साथै उत्कृष्ट कृषकहरूलाई पुरस्कार वितरण गरेको जनाएको छ। साथै, २०८२ असार १६ गतेदेखि पौष मसान्तसम्म दूध उत्पादन गर्ने कृषकहरूलाई प्रतिलिटर रु १५ का दरले अनुदान वितरण गरिएको जानकारी दिइएको छ।
त्यसैगरी सहकारीको सेयर पूँजी वृद्धि गर्ने सदस्यहरूलाई सेयर प्रमाणपत्र पनि वितरण गरिएको आयोजकले जनाएको छ। यसबाट संस्थाको आर्थिक अवस्था थप सुदृढ हुने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि हेमा न्यौपाने तिमल्सिना रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा झिम बहादुर थापा, चन्द्रबहादुर राना तथा डाक्टर सुप्रिना शर्मा को उपस्थिति रहेको थियो।
कार्यक्रमको सभाध्यक्षता जगन्नाथ अधिकारी ले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव वेद प्रसाद अधिकारी ले गर्नुभएको थियो।
सहकारीले यस्ता कार्यक्रममार्फत कृषकहरूको मनोबल वृद्धि गर्दै दुग्ध उत्पादन क्षेत्रमा थप प्रगति गर्ने विश्वास व्यक्त गरेको छ।
