सामाजिक कार्यमा सक्रिय महिलाहरु मात्रै आवद्ध संस्था लायन्स क्लव अफ नारायणगढ नारायणीलाई यसवर्षको ‘लायन जीत बहादुर पिया बेष्ट क्लब अवार्ड’ बाट सम्मान गरिएको छ ।
लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालको गैंडाकोटमा सम्पन्न चौथो अधिवेशनको अवसरमा ‘लायन जीत बहादुर पिया बेष्ट क्लब अवार्ड’ प्रदान गरिएको हो ।
प्रमुख अतिथी पूर्व अन्तर्राष्ट्रिय निर्देशक पीएमजेएफ लायन बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन नवराज सापकोटा, पूर्व गभर्नरहरु, नारायणगढ लायन्स क्लबका अध्यक्ष एमजेएफ लायन सनद कुमार पिया र परिवारका सदस्यहरू एमजेएफ लायन शान्त कुमार पिया, लायन प्रशान्त कुमार पिया, लायन सबल पियाले उक्त अवार्ड प्रदान गरेका हुन् ।
नारायणगढ लायन्स क्लवले आफ्ना संस्थापक सदस्य स्वर्गीय लायन जीत बहादुर पियाको सम्मानमा ‘लायन जीत बहादुर पिया बेष्ट क्लब अवार्ड’ हरेक वर्ष प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०४७ सालबाट यो अवार्डको सुरुवात गरिएको थियो । डिष्ट्रिक्ट भित्रका उत्कृष्ट क्लवहरुलाई यो अवार्ड प्रदान गर्दै आइरहेको स्वर्गीय जीतबहादुर पियाका छोरा लायन प्रशान्त कुमार पियाले जानकारी दिए ।
अघिल्ला केहि वर्ष विविध कारणले सो अवार्ड वितरण रोकिएकोमा लायन वर्ष २०२२–२०२३ लायन्स डिष्ट्रिक्ट ३२५ आर नेपालका गभर्नर पीएमजेएफ लायन सिद्धार्थ लाल चुकेको कार्यकालबाट पुनः अवार्ड वितरण सुचारू गरिएको थियो ।
यस वर्ष लायन २०२५–२०२६ मा सो अवार्ड लायन्स क्लब अफ नारायणगढ नारायणीलाई समाजको लागि गरिएका राम्रा कामहरूको मुल्याङ्कनमाको आधारमा ‘लायन जीत बहादुर पिया बेष्ट क्लब अवार्ड’ र सम्मान पत्र प्रदान गरिएको हो ।
नेपालमा लायन्सको ईतिहासमा नारायणगढ लायन्स क्लब एउटा ऐतिहासिक नाम हो । नेपालमा लायन्स क्लबको यो १३ औं पुरानो क्लब र हाल लायन डिष्ट्रिक्ट ३२५ आर नेपालको दोश्रो पुरानो अर्थात् ४५ औं वर्षदेखी समाजसेवा, ब्यवसायिक तालिम दिदै आईरहेको क्लब हो ।

