भरतपुर महानगरपालिकाले विद्यालय तथा मन्टेसरीहरूलाई लक्षित गर्दै शैक्षिक सत्र सञ्चालन सम्बन्धी निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।
Advertisement
नगर शिक्षा समितिको निर्णयअनुसार शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेबाट सुरु गरिने व्यवस्था गरिएको हो। सो निर्णयअनुसार तोकिएको मितिभन्दा अगाडि कुनै पनि विद्यालयले भर्ना, प्रवेश परीक्षा वा अन्य शैक्षिक गतिविधि सञ्चालन गर्न नपाउने स्पष्ट पारिएको छ।
साथै, सरकारले तोकेको सार्वजनिक बिदा (शनिबार र आइतबार) कायम राख्दै सोहीअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
महानगरपालिकाले सबै विद्यालयलाई एकरूपता कायम हुने गरी वार्षिक शैक्षिक कार्यक्रम तयार पार्न तथा निर्णयहरू कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ।
