चितवनमा अटोमोबाइल क्षेत्रको प्रवर्द्धन र नवीन प्रविधिको प्रदर्शन गर्ने उद्देश्यसहित ‘चितवन अटो शो २०२६’ आयोजना हुने भएको छ।
चितवन अटोमोबाइल डिलर्स एशोसियसन र चितवन अटोमोवाईल्स एशोसिएसनको संयुक्त आयोजनामा भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा बैशाख १७ देखि २१ गतेसम्म अटो शो हुन लागेको हो।
कार्यक्रममा विभिन्न ब्रान्डका कार, जिप, मोटरसाइकल तथा स्कुटरका करिब ७५ स्टल रहनेछन् भने बैंक तथा बीमा कम्पनीका स्टलमार्फत ‘अन द स्पट’ फाइनान्स र इन्स्योरेन्स सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ। अटो शोमा विद्युतीय सवारी (EV), स्मार्ट प्रविधि, पुराना भिन्टेज गाडी र महँगा बिग बाइकको समेत प्रदर्शनी गरिनेछ।
यसैगरी, मोटरसाइकल स्टन्ट, जिमखाना, र्याली, अटो सेमिनार तथा हेल्मेट सचेतना कार्यक्रमसमेत सञ्चालन गरिने चितवन अटो शो का संयोजक राजन पियाले जानकारी दिनुभयो ।
करिब १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उक्त अटो शोबाट करिब ५० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ।
#PRD0830108
