भरतपुर–१० स्थित पुष्पाञ्जली हस्पिटल प्रा.लि. र गोरखाको पालुङटार–१० मिरकोटस्थित देवी महिला समूहबीच स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले शुक्रबार सम्झौता सम्पन्न भएको छ।
Advertisement
सम्झौताअनुसार समूहका पदाधिकारी, सदस्य तथा उनीहरूका परिवारले अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा विशेष छुट सुविधा पाउनेछन्।
अस्पतालका सामाजिक सेवा एकाइ प्रमुख तथा सूचना अधिकारी केदारप्रसाद सुबेदी र समूहकी अध्यक्ष सीता बानियाँबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी, निर्देशक सुजनराज अधिकारी तथा समाजसेवी लिला बहादुर अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
