माडी ९ का वडाबासीहरुले वडाध्यक्ष घनश्याम दवाडीलाई थुप्रै गुनासा र सुझाव राखेका छन् । उनीहरुले नाला र तटबन्धन व्यबस्थित नहुँदा बर्षायाममा अनेकौं समस्या झेल्नुपरेको बताएका हुन् ।
दुईतिर नै जङ्गल नजिक भएकाले लगायका अन्नबाली समेत बन्यजन्तुले खाइदिने गरेको स्थानीयको भनाइ छ । माडी ९ को ०८२/०८३ को सार्वजनिक सुनुवाइमा त्यहाँका अधिकांश नागरिकले खानेपानी, सिचाइ, बाटो, नेटवर्क आदिको समस्या हुने गरेको बताए ।
बगही खोलामा अझै व्यबस्थित मेसजाली नभएको, कुसुमखोलामा सडक र बिजुली बत्ती र खानेपानीको समस्या रहेको, उत्पादित कृषिजन्य सामाग्रीहरु बिक्रीवितरणका लागि समस्या हुने गरेको गुनासो गरेका थिए ।
सो को प्रत्युत्तरमा वडाध्यक्ष घनश्याम दवाडीले नागरिक स्तरबाट उठेका प्रश्नहरुलाई आगामी दिनहरुमा पुरा गर्ने बताउनुभएको छ । बर्सेनि बाढीले क्षतबिक्षत बनेका कुलो, नहर आदिको मर्मत वडाले नै गर्दै आएको जिकिर गर्नुभयो । उहाँले अधुरा कामहरु समयमै सम्पन्न गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।