भरतपुरमा आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ। कार्यक्रममा NMSRA नारायणगढ युनिटका अध्यक्ष श्री शेषकान्त खनालज्यू प्रमुख अतिथिको रूपमा सभाध्यक्षको आसन ग्रहण गर्दै कार्यक्रमको नेतृत्व गर्नुभएको थियो।
त्यसैगरी, NMSRA सेन्ट्रलका सचिव श्री किरण अधिकारीज्यू विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा अन्य अतिथिहरूमा श्रीमती विमला श्रेष्ठज्यू, वरिष्ठ सल्लाहकार श्री धुर्ब कोइरालाज्यू, श्री रमेश चौधरीज्यू तथा श्री राज यादवज्यूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा उपस्थित सबै अतिथिहरूले आ-आफ्नो धारणा तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै, सो अवसरमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम समेत सम्पन्न गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा NMSRA नारायणगढका अध्यक्ष शेषकान्त खनालले समापन मन्तव्य व्यक्त गर्दै कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको घोषणा गर्नुभएको थियो।