भरतपुर– ९ शरदपुरस्थित बेणी चोकमा ‘आर. एल. सि. रिपेयरिङ सेन्टर’ सञ्चालनमा आएको छ ।
Advertisement
अनुभवी प्राविधिकद्वारा सञ्चालन गरिएको उक्त सेन्टरले विभिन्न विद्युतीय तथा घरायसी उपकरणहरूको मर्मत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
सेन्टरका सञ्चालक रेशम लाल चापागाईंका अनुसार यहाँ एसी, फ्रिज, वासिङ मेसिन, गिजर लगायत सम्पूर्ण ब्राण्डका उपकरणहरूको मर्मत तथा जडान सेवा उपलब्ध रहेको छ ।
ग्राहकको सहजतालाई मध्यनजर गर्दै होम सर्भिसको सुविधा समेत सञ्चालन गरिएको उहाँले बताउनुभयो । गुणस्तरीय सेवा, उचित शुल्क र छिटो समाधानलाई प्राथमिकता दिँदै सञ्चालनमा आएको यस सेन्टरले भरतपुर तथा आसपासका क्षेत्रका सेवाग्राहीको विश्वास जित्दै गएको बताइएको छ ।
घरमै प्राविधिक सेवा आवश्यक पर्ने ग्राहकका लागि सेन्टरले फोनमार्फत सम्पर्क गरी सेवा लिन सकिने व्यवस्था मिलाएको जनाएको छ ।
