वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा शुक्रबार रुद्री पूजा गरिएको छ। गौशालामा बितेका गाईहरूको धार्मिक विधिअनुसार काजकिरिया हुन नसकेकाले उनीहरूको मोक्षको कामना गर्दै पूजा गरिएको हो।
Advertisement
वैशाख १७ गतेदेखि सुरु भएको महायज्ञ असार १३ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञमा नियमित हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ तथा भागवत कथा वाचन भइरहेको छ। साथै विभिन्न दाताहरूबाट फलफूल, तरकारी तथा आर्थिक सहयोग पनि जुटिरहेको छ।
महायज्ञमा एक हजार आठ बालिकाको सामूहिक पूजा, गौकथा प्रवचन तथा सवा करोड दीप प्रज्वलन लगायतका धार्मिक कार्यक्रम समेत आयोजना गरिने छ।
