अरोमा कलेजले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना आह्वान गरेको छ ।
भरतपुर महानगरपालिका–१० मा अवस्थित कलेजले विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययनका लागि आवेदन खुला गरेको हो ।
कलेजका प्रिन्सिपल शेर बहादुर क्षेत्रीका अनुसार विज्ञान संकायतर्फ जैविक विज्ञान (Bio Science) र कम्प्युटर विज्ञान (Computer Science) विषयमा अध्ययन गर्न सकिनेछ ।
त्यस्तै व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट (Hotel Management) र व्यवस्थापन (Management) विषयमा समेत भर्ना खुला गरिएको जनाएको छ ।
भर्ना हुन इच्छुक विद्यार्थीहरूले आगामी जेठ ४ गतेभित्र कलेजको लेखा शाखाबाट आवेदन फारम भरी नाम दर्ता गराइसक्नुपर्ने कलेज प्रशासनले जनाएको छ । सीमित सिट संख्या भएकाले समयमै प्रक्रिया पूरा गर्न विद्यार्थी तथा अभिभावकलाई आग्रह गरिएको छ ।
नयाँ विद्यार्थी छनोटका लागि कलेजले जेठ ५ गते प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । कलेजका अनुसार पहिलो चरणको परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म तथा दोस्रो चरणको परीक्षा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ ।प्रवेश परीक्षाको नतिजा सोही दिन साँझ सार्वजनिक गरिने जनाइएको छ ।
कलेजले गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण तथा व्यवहारिक शिक्षामा जोड दिँदै आएको जनाएको छ । पछिल्ला वर्षहरूमा विज्ञान र व्यवस्थापन क्षेत्रमा विद्यार्थीहरूको आकर्षण बढ्दै गएसँगै अरोमा कलेजले आधुनिक शिक्षण प्रणालीमार्फत दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको कलेज प्रशासनको भनाइ छ ।
