जगदम्बा मोटर्सले नेपालमा नयाँ विद्युतीय तीनपाङ्ग्रे सवारी TVS King EV Max सार्वजनिक गरेको छ । व्यावसायिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको यो मोडललाई कम्पनीले “अधिक कमाइ, अब्बल रोजाइ” नारासहित बजारमा उतारेको हो।
Advertisement
नेपालमा TVS को आधिकारिक वितरक जगदम्बा मोटर्सका अनुसार EV Max ले कम सञ्चालन खर्च, आरामदायी यात्रा र आधुनिक प्रविधिमार्फत व्यवसायिक चालकलाई सहजता दिनेछ । कम्पनीले यसलाई स्वरोजगार र दिगो यातायातका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरेको छ ।
TVS का बिजनेस हेड हरि न्यौपानेले EV Max नेपाली बजारको आवश्यकता अनुसार ल्याइएको बताउँदै यसले चालकको आम्दानी वृद्धि र खर्च कटौतीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कम्पनीले देशका विभिन्न शहरमा चार्जिङ पूर्वाधार विस्तार गर्दै EV Max को प्रदर्शन कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।
