देवघाट गाउँपालिकाले किशोरीहरूको आत्मसुरक्षा र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आत्मसुरक्षा तालिम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै इच्छुक किशोरीहरूलाई सहभागी हुन आह्वान गरेको हो । तालिम जेठ ४ गतेदेखि १५ गतेसम्म गाउँपालिकाको सभाहलमा सञ्चालन हुनेछ ।
Advertisement
सूचनाअनुसार सहभागी हुन चाहने किशोरीहरूले जेठ १ गते दिउँसो १२ बजेसम्म महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा सम्पर्क गरी नाम दर्ता गराउनुपर्नेछ ।
गाउँपालिकाले तालिममार्फत किशोरीहरूलाई आत्मरक्षा, आत्मविश्वास र व्यवहारिक सुरक्षासम्बन्धी सीप प्रदान गरिने जनाएको छ ।
