माडी नगरपालिकास्तरीय कक्षा १–५ को चित्रकला प्रतियोगितामा ब्रह्मज्योति आधारभूत विद्यालय ब्रह्मपुरीकी छात्रा अस्मिता तामाङ प्रथम भएकी छन् ।
जनकल्याण माध्यमिक विद्यालय कल्याणपुरको आयोजनामा भएको प्रतियोगितामा ३१ जना विद्यार्थी सहभागी थिए । प्रतियोगितामा आयोजक विद्यालयकी सोनामी घर्तीले दोस्रो र राष्ट्रिय आधारभूत विद्यालय बघौंडाका अप्सन चौधरीले तेस्रो स्थान हासिल गरे ।
सान्त्वना पुरस्कारतर्फ बालविकास ई. बोर्डिङ स्कुलकी प्रिन्सेस श्रेष्ठ, जनकल्याण माविकी समीक्षा सुनार, माडी माविकी रेश्मी कलवार, दिवाकर स्मृति माध्यमिक विद्यालयकी काव्या आचार्य र गणेश आधारभूत विद्यालयका अनुप बोट पुरस्कृत भए ।
प्रतियोगिता अघि सहभागी विद्यार्थीलाई प्रशिक्षक राजेश बराल, भीमबहादुर श्रेष्ठ र प्रकाश थापाले चित्रकला सम्बन्धी प्रशिक्षण दिएका थिए । विद्यालयका प्रधानाध्यापक रामबहादुर जि.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल र वडा अध्यक्ष दीपेन्द्रराज पौडेलले विजेता विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
