माडीको प्रस्तावित अयोध्याधाममा भोलि विवाह पञ्चमीका अवसरमा बृहत् खुल्ला रत्यौली प्रतियोगिता हुने भएको छ ।
Advertisement
माडी नगरपालिका प्रज्ञा प्रतिष्ठान र अयोध्याधाम व्यवस्थापन समितिको संयुक्त आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. १० हजार दोस्रो पुरस्कार रु. ७ हजार तेस्रो पुरस्कार रु.५ हजार र सान्त्वना पुरस्कार रु. ३ हजार राखिएको पुजा व्यवस्थापन समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा भागलिनको लागि हालसम्म १० वटा समूहले नाम दर्ता गराइसकेका छन् ।
भने कार्यक्रममा माडी नगर प्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यता रहनेछ । यस अघिका विवाह पञ्चमीमापनि अयोध्याधाममा भव्य कार्यक्रमहरु हुँदै आएका थिए ।

