भरतपुर महानगरपालिकाले आ.व. २०८२/८३ को पहिलो चौमासिकमा सम्पन्न भएका योजना, कार्यक्रम तथा सेवाप्रवाहसम्बन्धी विषयमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ।
Advertisement
महानगरले जारी गरेको सूचनाअनुसार मंसिर २६ गते, शुक्रवार बिहान ११ बजे सार्वजनिक सुनुवाइ कार्यक्रम २५ नं. वडा कार्यालय परिसरमा हुनेछ।
कार्यक्रममा नगरवासी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता समिति तथा सेवाग्राहीहरुको उपस्थितिका लागि महानगरले आग्रह गरेको छ।
सुनुवाइको व्यवस्थापन महानगरका उप–सचिव शेषकान्त पौडेलले समन्वय गर्नुहुने बताइएको छ ।

