नेपाल विद्युत प्राधिकरणले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जगतपुर–माडी ३३ केभी भूमिगत सब–ट्रान्समिशन लाइन निर्माणका लागि इलेक्ट्रोनिक बोलपत्र आह्वान गरेको छ।
Advertisement
२०८२ मंसिर ८ गते प्रकाशित सूचना अनुसार बागमती प्रदेश डिभिजन कार्यालय, हेटौंडाले जगतपुर–माडी ३३ केभी भूमिगत सब–ट्रान्समिसन लाइनको डिजाइन, आपूर्ति, जडान तथा परीक्षण–सञ्चालनका लागि बोलपत्र माग गरेको हो ।
यसैगरी, लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलले पोलीभिनाइल कोटेड इनेमल्ड कपर वायर आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ। उक्त कार्यको अनुमानित लागत भ्याटसहित करिब रु. ९८ लाख १७ हजार रहेको उल्लेख गरिएको छ।
धुलाबारी वितरण केन्द्रले पनि मुद्रण, स्टेशनरी तथा अन्य आवश्यक सामग्री आपूर्तिका लागि साना परिमाणको बोलपत्र माग गरेको छ।
