अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशले अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुका कारण गम्भीर आत्मसमीक्षा आवश्यक भएको बताएका छन्
Advertisement
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सवमा बोल्दै उनले राजनीतिक अस्थिरताले विकास र लगानी वातावरण प्रभावित पारेको बताए।
मन्त्री खनालले “जो कोहीले सिर्जना गरेको सम्पत्ति पनि अन्ततः राष्ट्रकै हो” भन्ने बुझाइ सबैमा हुनुपर्ने उल्लेख गर्दै सञ्चार माध्यमले गलत सूचना नफैलाउन चेतावनी दिए। उनका अनुसार ठूला पूर्वाधारमा सरकार बजेट थप्दै अघि बढिरहेको छ भने पूँजी बजार सुधारका काम पनि जारी छन्।
कार्यक्रममा उद्योगमन्त्री अनिलकुमार सिन्हाले आर्थिक सबलीकरण, रोजगारी सिर्जना र सुशासन सरकारका मुख्य लक्ष्य रहेको बताए। जेनजी आन्दोलनका क्रममा प्रभावित परिवारहरूको जिम्मेवारी सरकारले बहन गरिरहेको उनको भनाइ थियो।

