बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्दद्वारा जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकाका क्षतिग्रस्त दुबै विद्युत् संरचना मर्मतको तयारी थालिएको छ ।
Advertisement
हाल टुकीको साहारामा रहेको अदानचुली गाउँपालिकालाई जतिसक्दो छिटो विद्युतको पहुँचमा पुर्याउन पहल भइरहेको छ ।
बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको प्राविधिक टोली मर्मतका लागि लागत अनुमान गर्न अदानचुली पुगेको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनुभयो ।
गत वर्ष बाढीका कारण मुहानसहित विद्युत् गृह बगाएको अदानचुली–३ गोरपालीमा रहेको छहराखेत लघु जलविद्युत् आयोजनाको विद्युत् गृह अर्को ठाउँमा बनाउनुपर्ने भएको छ ।
बाढीले बगाएर बगर बनाएको विद्युत् गृह पहिलेको भन्दा केही टाढा बनाउनुपर्ने वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रका इन्जिनियर राजन थापा क्षेत्रीले बताउनुभयो ।